google.com, pub-3672963030007843, DIRECT, f08c47fec0942fa0 Even, Also, As well and Too को सही प्रयोग - All Knowledge about everything of the world.

New Toshiba 4K Fire TV

Even, Also, As well and Too को सही प्रयोग

 Even, Also, As well and Too को सही प्रयोग

Even- पनि

Even को नेपाली अर्थ "पनि" हुन्छ । यसलाई अंग्रेजी वाक्यको सुरुमा प्रयोग गरिन्छ भने नेपाली वाक्यको कर्ता पछाडी "पनि" प्रयोग गर्ने गरिन्छ । साथै, आफैसँग तुलना गरी बोल्दा  (Compare with self) खेरी यसको प्रयोग गरिन्छ । 

जस्तै: 

१ म पनि अंग्रेजी बोल्न सक्छु । 

Even I can speak English. 

आफैसँग तुलना गरी बोल्दा खेरी  प्रयोग गरिन्छ ।

२ तिमी पनि मंचमा नाच्न सक्छौ ।

Even you can dance on the stage. 

३ राम पनि काठमाण्डौ गएका थिए । 

Even Ram had gone to Kathmandu. 

४ हामी पनि घर बनाउने छौं । 

Even we will make house. 

Also- पनि

Also को नेपाली अर्थ "पनि" हुन्छ । यसलाई अंग्रेजी वाक्यको Helping Verb पछि प्रयोग गरिन्छ भने नेपाली वाक्यको कर्ता पछाडी "पनि" प्रयोग गर्ने गरिन्छ । साथै, अरुसित तुलना गरी भन्नु पर्दा (Compare with others) यसको प्रयोग गरिन्छ । 


१ म पनि मोटरसाईकल चलाउन सक्छु । 

I can also drive a motorcycle. 

२ तिमी पनि दुध पिउन सक्छौ ।

You can also drink milk. 

3. राम पनि घरमा सुतिरहेको थियो । 

Ram was also sleeping in the house.  

४ हामी पनि भोली धनगढी गइरहेका छौं । 

We are also going to Dhangdhi.  

As well- पनि

As well को नेपाली अर्थ "पनि" हुन्छ । यसलाई अंग्रेजी वाक्यको Last मा प्रयोग गरिन्छ भने नेपाली वाक्यको Object पछाडी "पनि" प्रयोग गर्ने गरिन्छ । साथै, अरुसित तुलना गरी भन्नु पर्दा (Compare with others) खेरी यसको प्रयोग गरिन्छ ।  

जस्तै: 

१ म मोटरसाईकल पनि चलाउन सक्छु । 

I can drive a motorcycle as well. 

२ तिमी दुध पनि पिउन सक्छौ ।  

You can drink milk as well. 

३ राम घरमा पनि सुतिरहेको थियो ।  

Ram was sleeping in the house as well.  

४ हामी भोली धनगढी पनि गइरहेका छौं । 

We are going to Dhangdhi as well.  

Too- पनि

Too को नेपाली अर्थ "पनि" हुन्छ । यसलाई अंग्रेजी वाक्यको Last मा प्रयोग गरिन्छ भने नेपाली वाक्यको Object पछाडी "पनि" प्रयोग गर्ने गरिन्छ । साथै, आफैसँग तुलना गरी भन्नु पर्दा (Compare with self) Too प्रयोग गरिन्छ ।  

जस्तै: 

१ म मोटरसाईकल पनि चलाउन सक्छु । 

I can drive a motorcycle too. 

आफैसँग तुलना गरी बोल्दा खेरी प्रयोग गरिन्छ ।

२ तिमी खान पनि सक्छौ ।  

You can eat too. 

3.  राम घरमा पनि सुतिरहेको थियो ।  

Ram was sleeping in the house too.  

४ हामी भोली धनगढी पनि गइरहेका छौं । 

We are going to Dhangdhi too.  



सीता जानकी मन्दिर हेरिसकेकि छिन । 

Sita have seen the Janki temple too. 




No comments

If you have any doubts ? Please, send me your questions.

Powered by Blogger.