google.com, pub-3672963030007843, DIRECT, f08c47fec0942fa0 Shall र Should को प्रयोग - All Knowledge about everything of the world.

New Toshiba 4K Fire TV

Shall र Should को प्रयोग

 Shall र Should को प्रयोग

Shall

Shall को नेपालीमा "नेछु" भन्ने अर्थ हुन्छ । यसलाई Future मा कुनै कामको बारेमा जनाउनु पर्दा खेरी Shall प्रयोग गरिन्छ ।  

जस्तै: 

 

I shall go to Kathmandu tomorrow. म भोली काठमाण्डौ जानेछु ।

I shall not  go to Kathmandu tomorrow. म भोली काठमाण्डौ जाने छैन ।

Shall You come to Kathmandu tomorrow ? के तिमी भोली काठमाण्डौ आउनेछौ ?  

Sita shall come here next day. सीता अर्को दिन यहाँ आउने छिन ।

Ram shall go to Indai to night. राम आज राती भारत जानेछ ।

नोट:- आजभोली Shall को सट्टामा Will को बढि प्रयोग गर्ने गरिन्छ । Shall को कम मात्रामा प्रयोग 

Should

Should को नेपालीमा "पर्छ" भन्ने अर्थ हुन्छ । यो चाही shall को Past रुप हो । हाम्रो दैनिक जीवनमा यसको धेरै नै प्रयोग हुने गर्छ । यसको प्रयोग विभिन्न अवस्थामा फरक फरक रुपमा फरक फरक अर्थ हुने गर्छ । 

प्रयोग गर्नुपर्दा अवस्थाहरु

  • अरुलाई सर सल्लाह, सुझाव दिनुपर्दा 
  • आफैले केही गर्नुपर्दा खेरी
  • प्रश्न गर्दा 
  • काम कर्तब्यको बारेमा भन्नु पर्दा 
  • संभावित घटना वा आंकलन गर्नुपर्दा
  • वितेको समयमा काम गर्नुपर्दथ्यो भनेर देखाउनु पर्दा 


English Sentences मा Should को प्रयोग

Affirmative Sentence  =  Subject+ Should +V1+Object. 

Negative Sentence  = Subject+ Should + not+V1+Object.

Interrogative Sentence = Should +Subject+ V1+Object.

Wh question = Wh word+Subject+ Should +V1+Object. 

अरुलाई सर सल्लाह, सुझाव दिनुपर्दा (should+v1)

You should go there. तिमी त्यहाँ जानुपर्छ । 

You should not go there. तिमी त्यहाँ जानुपर्दैन । 

Sita should take a bath. सीताले नुहानु पर्छ । 

You should reach school on time. तिमीले समयमा स्कुल पुग्नु पर्छ । 

आफैले केही गर्नुपर्दा खेरी (should+v1

Ram should take medicine on the time. रामले समयमा औषधी लिनुपर्छ । 

How much money should I pay for the meal ? मैले खानाको कति रुपैयाँ तिर्नुपर्छ ? 

I should do this work still night. मैंले यो काम रातीसम्म गर्नुपर्छ । 

प्रश्न गर्दा (should+v1) 

What time should I get up tomorrow morning? मैले भोली बिहान कति बजे उठनुपर्छ ? 

Where should we go ?  हामी कहाँ जानु पर्छ ? 

When should we go ? हामी कहिले जानु पर्छ ? 

We should go to Ram's house  tomorrow ?  हामी भोली रामको घर जानु पर्छ ? 

What time should Sita come here tomorrow ?  सीता भोली कति बजे यहाँ आउनु पर्छ ? 

वर्तमानमा आफ्नो काम कर्तब्यको पुरा गरिरहेको छैन भन्नु पर्दा (should be +v4) 

We should be studying for the exam. हामीले परीक्षाको लागि पढिरहेको हुनुपर्छ । 

You should not be watching film all the time. तिमीले सधैभरी फिल्म हेरिरहनु पर्दैन ।

संभावित घटना वा आंकलन गर्नुपर्दा (should be)

Ram should be at him home.  राम आफ्नो घरमा हुनुपर्छ । 

I should be in office before 10 am म दश बजे भित्र अफिसमा हुनुपर्छ । 

वितेको समयमा काम गर्नुपर्दथ्यो भनेर देखाउनु पर्दा (should have +v3) 

I should have worked hard. मैंले कडा मेहनत गर्नु पर्थ्यो । 

Ram Should have studied well. रामले राम्रोसँग पढनु पर्थ्यो । 



No comments

If you have any doubts ? Please, send me your questions.

Powered by Blogger.