google.com, pub-3672963030007843, DIRECT, f08c47fec0942fa0 सम्पूर्ण ज्ञान - All Knowledge about everything of the world.

New Toshiba 4K Fire TV

सम्पूर्ण ज्ञान

मलाला यूसुफजईको जीवनी

(Biography of Malala)

संक्षेप जीवनी

मलाला एउटा पाकिस्तानी महिला हुन । पाकिस्तानमा तालिबानीहरुले महिलाहरुलाई पढाउनु हुदैन, बिद्यालय पठाउनु हुदैन, कुरानमा महिला शिक्षालाई रोक लगाएको भन्दै विद्यालय जानबाट प्रतिबन्ध लगाएको समयमा उनले स्कुल जान छोडिन र त्यसको बिरुद्धमा आवाज उठाएकी थिएन । उनले तालिबानीको डर, धम्की तथा त्रासपूर्ण वातावरणबाट अलिकति पनि विचिलित नभईकन उनीहरुको बिरुद्ध हिम्मत, बहादुर, साहस र निडरको साथ एक्लै ठाउं ठाउ‌मा बालिका शिक्षा पक्षमा वकालत गरेको र तालिबानीहरुले गोली हानेर मरे तुल्य बनाउंदा पनि आफ्नो लक्ष्यबाट बन्चित नभएकोले उनलाई सन् २०१४ मा नोबेल शान्ति पुरस्कारद्धारा सम्मानित गरेको थियो ।  

जन्म

मलाल यूसुफजईको जन्म १२ जुलाई १९९७ मा पाकिस्तानको स्वात उपत्यकामा भएको थियो । स्वात उपत्यकालाई पाकिस्तानको स्वीजरल्याण्ड भनेर चिनिन्छ । उनको बुवाको नाम जियाउद्दीन युसफजई र आमाको नाम तोर पेकी छ । उसको दुई भाई पनि छ । मलालको परिवार पस्तुनी परिवारको छ । परस्तुनी समाजमा छोरा जन्मिदा खुसियाली मनाईन्छ, बन्दुकको गोली पड्काइन्छ, गाउँका मानिसहरुलाई भोज खुवाईन्छ र बधाई दिन्छ, तर छोरी जन्मिँदा शोकको जस्तो वातावरण हुन्छ तर जियाउद्दीनको लागि यो खुशिको क्षण थियो किनभने उसको परिवारमा मलाला पहिलो सन्तानको रुपमा जन्म लिईकी थिईन ।

आर्थिक स्थिती

मलालको परिवार गरिब थियो । उनीहरुसँग पर्याप्त मात्रामा खेतीपाती गर्नका लागि जमिन थिएन । उनको हजुरबाजे एक धार्मिक स्कुलमा पढाउथे । त्यसबाट आएको पैसाले बिहान र बेलुकाको खाना पुग्थे । आर्थिक स्थिती कमजोर भएकै कारण मलालाको जन्म अस्पतालमा नभएर घरमै भएको थियो । मलालाको बुवा जियाउद्दीन आफ्ना साथी दुई जना मिलेर घर नजिक अलि टाढा एउटा निजी स्कुल खोले । पैसाको अभाले जियाउद्दीनले स्कुलकोको सबै काम आफैले गर्थे । स्कुलमा पढाउने, प्रिन्सपलको काम, लेखा सम्बन्धीको काम, बिजुली र पानी धाराको मरामत, सरसफाई आदी पैसा बचाउनका लागि आफै काम गर्थे । केही समयपछि बिद्यालयमा बिद्यार्थीहरुको संख्या बढ्न थालेपछि घरमा आम्दानी हुन थाले । तालिबानीहरुले महिला तथा बालिका शिक्षा माथि प्रतिबन्ध लगाएको थियो । जसको डरले बालिकाहरु र अन्य बच्चाहरु डरले कम स्कुल आउने थाले । बिद्यालयमा कम बिद्यार्थी आउने भएकोले पैसा पनि कम हुन्थे । उक्त पैसाले शिक्षक तथा शिक्षिकहरुको तलब तिर्न पनि पुग्दैन थियो । उक्त क्षेत्रमा पछि पाकिस्तानी सेनाले तालिबानीहरुलाई धपाएपछि स्कुल पुन: राम्रो हुंदै गयो । उनको बुवालाई पनि स्कुल संचाल गरेको र बालिकाहरुलाई पुरुष बालिकाहरुसँगै राखेर पढाएको, मुस्लिम धर्म बिरोधी गतिविधीहरु संचालन गरेको लगायत अन्य आरोप तथा प्रत्यारोप लगाएर तालिबानी तथा तिनका समर्थकहरुले दु:ख दिने गर्थे तर उसको बुवा साहस र निडरपनले उनीहरुले केही गर्न सकेन ।

बालिका अवस्था

मलाला पनि एक सामान्य बालिकाहरु जस्तै थिईन । घर नजिकको स-साना बालिकाहरुसंग क्रिकेट खेल्थे, चङ्गा उडाउथे । उसलाई टि.भि. हेर्न, नाच्न, गित गाउन खुब मन पर्थे । उक्त समयमा तालिबानीहरुले यस्ता कार्यलाई हराम मान्थे । महिलाहरुलाई एकलै बजार जान रोक लगाएको थियो । टि.भि. हेर्न, नाच्न, गीत गाउन, मेकअप गर्न, ब्युटीपार्ल खोल्न, मसाज सेन्टर खोल्न प्रतिबन्ध लगाएको थियो । मलालाको यी गतिविधिहरु देखर उनकी आमा तोर पेकीलाई चिन्ता बढ्न थालेको थियो तर मलाला स्वतन्त्र रुपमा बाच्न चाहन्थे, आफ्नो मनमा लागेको कुरा गर्न चाहन्थे ।

मलालको आफ्नै निजी स्कुल भएकोले सानै उमेरदेखि आफ्नो बुवासँगै स्कुल जान्थे र कोठा कोठामा घुमथे । कक्षा कोठामा शिक्षक तथा शिक्षिकाहरुले पढाएको कुराहरु सुन्थे र त्यसै नकल गर्थे ।

मलाला आफ्नो बुवाबाट प्रभावित भएको थिईन । बुवाको समाजसेवी कार्य तथा शिक्षाको लागि कोही कसैको डर, भय, त्रास नमानिकन गरेका प्रयास तथा कार्यहरुबाट मलाला खुशि भएको थिईन । मलाला सानै उमेरदेखि पढाईको साथसाथै अन्य क्रियाकलापमा अगाडी थिईन । स्कुलमा संचालन हुने वक्तृत्व प्रतियोगितामा भाग लिन्थी । उक्त प्रतियोगितामा खुलेर बोल्न मौका प्रदान गर्ने अवसरले मलालाई थप हौसाल र आत्मबल बढरे आएको थियो ।

जियाउद्दीनले आफ्नी छोरी मलालालाई कथा, कविता सुनाउथे । आफ्नो जिवनमा गरेका संघर्षहरुको बारेमा जानकारी गराउथे । आफ्नो प्रेम कहानी, स्कुल पढ्दा खेरी र स्कुल खोल्दा खेरी भोगेका क्षणहरुको बारेमा अवगत गराउथे । जियाउद्दीन हरेक कुरा आफ्नी श्रीमती र छोरीलाई सुनाउथे । जियाउद्दीनले केही कुरा गर्दा आफ्नी श्रीमतीबाट रायसुझाव लिने गर्थे । आफ्नो श्रीमती तोर पेकीलाई असाध्यै माया
गर्थे ।

 मलालाको जीनमा प्रभाव

मलालाको बुवा एक शिक्षक हुनुको साथै सामाजिक कार्यकर्ता पनि थिए । उनी सामाजिक कार्यहरुमा  भाग लिन्थे । सामाजिक कार्यको सिलसिलामा ठाउँ ठाँउमा कार्यक्रम गर्ने, भाषण गर्ने, तालिम दिन टाढा टाढा जाने गर्थे । यसैको लागि उनको घरमा मान्छेहरु आउथे र कार्यक्रमहरुको बारेमा कुराकानी गर्ने, योजना बनाउने काम गर्थे । यसले गर्दा त्यहा भएका गतिविधिहरुलाई प्रत्यक्ष रुपमा मलाला हेर्ने र सुन्ने मौका मिल्थे ।

जुलाई २०१० मा स्वात उपत्यकामा ठुलो बाढी आउदा उनको बुवाले आफ्नो स्कुल क्षतिग्रस्त भएको बेलापनि आफ्ना साथीहरुको सहयोगमा पिडितहरुलाई सहयोग गरेका थिए ।

तालिबानीहरुको नेताको नाम मौलाना फजुल्लाह थियो । उनी एक धार्मिक शास्त्र पढाउने शिक्षक पनि थिए । उनको एउटा एफ.एम. स्टेशन थियो । जुन स्टेशनबाट उनले धर्म शास्त्रको प्रवचन दिन्थे । एफ.एम.बाट चुरोट, सुर्ती, मदिरा पिउन कुरानमा नगर्न भनिएकोले हुँदा यस्ता नगर्न र पुरुषहरुलाई दाह्री पाल्न, दिनमा ५ पटक नवाज गर्न संदेश दिने गर्थे । यस्ता किसिमको सकरात्मक संदेशले जनताहरुमा राम्रो प्रभाव पारेको थियो र जनताहरु उनलाई आदर, तारिफ र प्रशंसा गर्थे । पछिपछि रेडियो मार्फत कुरानमा महिलाई शिक्षा दिनु हुदैन, स्कुल र मदरसा पठाउनु हुदैन त्यसले महिला शिक्षा माथि रोक लगाउनु पर्छ । महिला बुर्का, परम्परा सलवार र कमिज लगाउनु पर्छ, महिलाहरु घर बाहिर जानु हुदैन, बजार जानु हुदैन, यदि जानै परेको खण्डमा आफ्नो श्रीमानसँग मात्र जानु पर्छ, महिला खाना बनाउने, घरको काम गर्ने र बच्चा जन्माउने काम मात्र गर्नु पर्छ आदि कुराहरु प्रशारित गर्थे । साथै, कुरानमा टि.भि.हेर्न, गित संगित सुन्न, सि.डि.रडि.भि.डि राख्न, नाच गर्न, बियुटीपार्ल खोल्न, मसाज सेन्टर खोल्न निषेश गरेकले कोही कसैले यस्ता गतिविधि तथा क्रियाकलाप नगर्न र नगराउनु हुन भनी उर्दी जारी
गर्थे । उसको कार्यकर्ता तालिबानीहरुले यसलाई कडाईकासाथ लागु गर्थे । तालिबानीहरु घरघरबाट टि.भि., सि.डि., डि.भि.डि. खोजी खोजी सडकमा ल्याएर फुटाउने र जलाउने गर्न थाले । यसले गर्दा त्यहाको वातावरण खराब र डर लागदो हुँदै गयो र जनताहरुमा डर र त्रास उत्पन्न हुन थाले ।

मलालाको स्कुलमा स-साना बालिकाहरु पढ्न जान्थे । फजुल्लाहले रेडियोबाट महिला शिक्षा माथि लगाएको प्रतिबन्ध र श्रृजना भएको त्रासको वातावरणले केही बालिकाहरु स्कुल आउन छोडे र
केही आउथे । मलालाको बुवाले स्कुलामा बालिकाहरुलाई पठनपाठन गराएको भन्दै बालिकाहरुलाई नपढाउन, स्कुल बन्द गर्न विभिन्‍न माध्यमहरुबाट डर धम्की दिने गर्थे । यहासम्म कि उसको स्कुलमा पढाउने शिक्षक तथा शिक्षिकालाई समेत धम्की दिएको थियो । त्यस मध्ये केही शिक्षक तथा शिक्षिका डरले पढाउन आउन पनि छोडे ।

उक्त समयमा अमेरिकी सेना फौजहरु आफगानिस्तामा आएको बसेको थियो । अमेरिका सरकारसँग पाकिस्तान सरकार मिलेको भनी आरोप लगाई तालिबानले पाकिस्तान सरकार बिरुद्ध युद्धको घोषणा गरे । युद्धको घोषणा पश्चात तालिबानीहरुले पाकिस्तान सरकारको उपस्थिती कमजोर भएको स्थान, सकारले स्थानिय जनतामा सुरक्षाको अनुभुति दिलाउन नसकेको स्थान, सरकारको पहुँच नभएको स्थान लगायत अन्य स्थानहरुमा रहेका सरकारी भवन, कार्यालय, पुल, महिला शिक्षा दिने स्कुल लगायत अन्य भौतिक संरचानहरुलाई बमले उडाउने थाले । प्रहरी चौकी तथा आर्मी ब्यारेकहरुमा हमला गर्न
थाले । उनीहरुको आदेश नमान्नेहरुलाई सरकारी कर्मचारी तथा अन्य ब्यक्तिहरुरलाई पकराउ तथा मार्न थाले ।

तालिबानीहरुको यस्ता अपराधिक गतिविधि तथा क्रियाकलापहरुले मलाला जीवनमा प्रत्यक्ष रुपमा प्रभाव पारिरहेको थिए । देशको यस्तो अवस्था देखेर मलालाई प्रधानमन्त्री बनेर देशलाई राम्रो बनाउने सपना देखेका थिए । हरेक नागरिकले शिक्षा लिन पाउनु पर्छ, शिक्षाबाट महिलाहरुलाई बन्चित गर्न मिल्दैन, जसरी भएपनि म आफ्नो शिक्षण पेशालाई छोड्दैन भनी मलालको बुवा लागि परेका थिए । मलाल पनि आफ्नो बुवा जस्तै पढन पाउनु हाम्रो अधिकार हो, हामी स्वतन्त्र रुपमा बाच्न पाउनु पर्छ, हत्या, हिँसा, लुटपाट तथा अपराधिक क्रियाकलाप बन्द गर्नु पर्छ, शान्ति कायम हुनुपर्छ भन्ने अभियानमा लागि परेका थिए । तालिबानीहरुको डरले उनीहरुको बिरुद्धमा कोही पनि खुल्ला रुपमा बोल्न सकिरहेका थिएन । आफगानिस्तान र पाकिस्तानमा तालिबानीहरुले गरिरहेका अपराधिक क्रियाकलाप तथा त्यहाको राजनीतिक अवस्थाको बारेमा बुझने बिश्वले प्रयास गरिहरेका थिए । पाकिस्तानको राजधानी ईस्लामवादमा रहेको बिबिसिको स्टुडियो त्यसता ब्यक्तिहरुलाई खोजी गरिरहेका थिए जसले तालिबानीहरुबाट प्रभावित तथा उनीहरुको अपराधिक कृयाकलापहरुको बारेमा खुलेर बिरोध गर्न सकोस र आफ्ना दैनिक जिवनमा भोगेका कुराहरु दैनिक डायरी लेख्न सकोस ताकि बिबिसको वेबसाईटमा राखन र रेडियोबाट प्रशान गर्न सकुन । त्यस समयमा तालिबानीहरु बिरुद्ध खुलेर बिरोध जनाउने मलालको बुवा र मलालाई अन्तर्वाताको लागि स्टुडियोमा बोलाए । स्टुडियोमा मलाला र उनको बुवाले त्यहा भएका अवस्था र तालिबानीहरुको अन्याय र अत्याचारको बिरोधमा अन्तर्वाता दिनु भयो । अन्तर्वातामा शिक्षामा प्रतिबन्ध लगाउनु हुदैन, सबैले शान्त वातावरणमा पढ्न पाउनु पर्छ, शिक्षाबाट नै राम्रो समाज र देशको बिकास संभाव छ भन्ने आदि कुराहरु राख्नु भयो । अन्तर्वाता अतियन्तै महत्वपूर्ण र उपलब्धिमुलक रहेको भनि बिबिसिले समयसमय मलाला र उनको बुबालाई बोलाईरहन्थे । त्यस समयमा मलालाको उमेर ११/१२ बर्षको थिईन ।

मलाला दिनप्रतिदिन प्रख्यात हुँदै गयो । विभिन्‍न पुरस्कारहरुबाट मलाला समानित भईसकेका थिइन। उसको अमेरिकको न्युयोर्क टाईम्सले मलालाको डकुमेन्ट्री पनि बनाएको थियो । विभिन्‍न पत्रपत्रिका, टि.भि., वेवसाईट तथा गाँउ र शहर भरी मलालाको कुरा हुन थालियो ।

मलाल र उसको बुवाले यसरी तालिबानीहरुको बिरुद्धमा खुलेर गरेको बिरुद्ध उनीहरुलाई मन परेको
थिएन । तालिबानीहरुको लागि उनीहरु ठुलो टाउको दुखाइको बिषय बनिसकेको थियो । उनीहरुलाई ठिक गर्नका लागि तालिबानीहरुले विभिन्‍न माध्यमहरुबाट डर धम्की दिने गर्ने । यहासम्म‍ मार्ने समेत योजना बनाएको थियो ।  

मालाल माथि गोली प्रहार

९ अक्टुबर २०१२ मा मलाला बसबाट परीक्षा दिने जाने क्रममा बाटोमा दुईजना तालिबानीहरुले गाडी रोकेर मलाला को हो भनेर ? सोध्यो । मलला आफ्नो सिटबाट उठेर म हुँ मलाल किन हो ? मलाला त्यती बोल्न बितिकै तालिबानीहरुले गोली हान्‍न थालियो । गोली मलालको टाउको लागेको थियो र उनको नजिक रहेको दुई जना साथीलाई पनि गोली लागेको थियो । तालिबानीहरु गोली हानेर भागि सके । घाईतेहरुलाई तुरुन्त उपचारको लागि ड्राईभरले गाडी तीब्र गतिमा गुडाएर जिल्ला अस्पताल पुर्‍यायो । मलालालाई तालिबानीहरुले गोली हानेको खबर एकैछिनमा गाँउ, शहर, देश हुँदै बिदेश भरी फैलियो । विभिन्‍न रेडियो, पत्रपत्रिका, टेलिभिजन तथा ईन्टरनेटमा यो खबर प्रशारण हुन थालियो र त्यसको बिरुद्धमा ठाउँ ठाँउमा नारा जुलुस तथा ठुला ठुला मान्छेहरुले बिरोध अभिब्यक्ति दिन थाले । मलालाको जिवन रक्षा तथा स्वास्थ्य लाभको लागि पाकिस्तान लगायत बिश्वभरी प्रथना हुन थाले । यो घटना एउटा अन्तराष्ट्रिय भईसकेको थियो । संयुक्त राष्ट्र संघका महासचिव वान कि मुन लगायत अमेरिकाको राष्ट्रपति बाराका ओबामाले समेत घटनाको भर्तसना गर्नु भएको थियो ।  घटनाको तथा मलालाको अवस्थाको बारेमा बुझन मलालाको बुवालाई विभिन्‍न ठाउँबाट फोन आउन थाले । मलाललाई राम्रो उपचार तथा सुरक्षाको लागि पेशावरमा रहेको सेनाको अस्पतालमा लगियो । मलालको टाउकोमा गोली लागेकोले अपरेशन गरेर गोली निकालेको थियो । तालिबानहरुबाट मलालाको ज्यानको खतरा भएको कारण उनलाई बलियो सुरक्षा ब्यवस्था गरेको थियो । उसलाई ठुला ठुला मान्छे तथा मन्त्रीहरु भेटन आउथे तर सुरक्षा तथा संक्रमण हुने डरले कोही कसैलाई भेटन दिदैनथे । मलालालाई राम्रो उपचारको लागि धेरै वटा देशहरुले चासो ब्यक्त गर्न थाले । मलालको थप उपचारको लागि बेलायतबाट डाक्टहरुको एक टोली पनि आएको थियो । उक्त टोलीले मलालाई थप उपचारको लागि बेलायत लैजानु पर्ने राय दिएपछि उनलाई बेलायत लगे । उनको उपचार बेलायतको क्विन एलिजाबेथ हस्पिटलमा भएको थियो । उक्त हस्पिटलका प्रशासनले प्रत्येक दिन पत्रकार सम्ममेलन गरेर मलालो स्वास्थ्य स्थितीको बारेमा जानकारी गराउने
गर्थे  । हस्पिटलको गेट अगाडी पत्रकारकारहरुले मलालाको स्वास्थ्य बुझन बाक्लो उपस्थिती हुने गर्थे । बेलायतको अस्तापतालमा भएको सम्पूर्ण खर्च पाकिस्तान सरकारले बेहोरेको थियो । २०१३ मा मलाला अस्पतालबाट डिस्चार्ज भएको थिईन ।

पुरस्कार

मलालाले धेरै वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छिन । जसमध्ये मुख्य रुपमा अन्तर्राष्ट्रय बाल शान्ति पुरस्कार, पाकिस्तानको राष्ट्रिय शान्ति पुरस्कार, २०१४ नोबेल शान्ति पुरस्कार, इन्टरनेसनल पिस एवार्ड, भाइटल भोइसेज ग्लोवल लिडरसिप एवार्डक्लिन्टन ग्लोवल सिटिजन एवार्ड, इन्टरनेसनल इक्वालिटी एवार्ड, नेसनल युथ पिस पुरस्कारहरू पनि प्रदान गरिएको छ

विवध

मलालाले एउटा मलाल फाउण्डेशन नामको गरेको संस्था खोलेको छ । त्यो संस्थाको माध्यमबाट गरिब देशका बालबालिकाको लागि स्कुल निर्माण तथा शिक्षा प्रदान गर्ने गरेको छ । मलालाले अक्सफोर्ड विश्वविद्यालयबाट स्नातक गरेको छिन । 

2 comments:

If you have any doubts ? Please, send me your questions.

Powered by Blogger.