परिचय
(Introduction)
छ । यसले बिश्वमा शान्ति तथा सुरक्षा कायम, राष्ट्रहरुबिच मित्रता, आर्थिक विकास, पुरातात्तविक
महत्वका धार्मिक सम्पदाहरुको संरक्षण र सम्बर्धन, स्वास्थ्य क्षेत्र, पुरमाणु
नियन्त्रण तथा जलवायु परिवर्तन आदि बिषयमा कार्य गरिरहेका छन् । संयुक्त राष्ट्र
संघमा आवद्ध प्रत्येक राष्ट्रहरुलाई संघले आफ्नो नियम कानुनमा बाधेका छन् । जसले
गर्दा शक्तिशाली राष्ट्रहरुले कमजोर राष्ट्रहरु माथि हमला गर्ने तथा कबजा गर्ने
कार्य गर्न सकेको छैन् । बिश्वयमा शान्ति स्थापना कायम भएको छ, मावन अधिकारको
रक्षा भएको छ । सबै राष्ट्र र त्यसका जतनाहरुले आफ्नो अनुकुल बाच्न र कार्यहरु
गर्न पाएका छन् । आज यसै संघको सहयोगमा सबै नागरिक र राष्ट्रले आफ्नो अस्तित्व
राख्न सफल पनि भएको छ ।
२. संयुक्त राष्ट्र संघको विविध बिषयहरुबारे जानकारी गराउनु हो ।
३. संयुक्त राष्ट्र संघको बिषयमा
जानकारी गराउनका लागि निम्न बुँदाहरुलाई समावेश गरी तयार गरिएको छ ।
(क) परिकल्पना
(ख) उद्देश्य
(ग) आधारभुत सिद्धान्तहरु
(घ) मुख्यअंगहरु
(ङ) सदस्य राष्ट्रहरु
(च) संयुक्त राष्ट्र संघमा
नेपाल
(छ) प्रयोग हुने भाषाहरु
(ज) संयुक्त राष्ट्र संघका केही
प्रमुख संस्थाहरू र कार्यक्रमहरु
(झ) संयुक्त राष्ट्र संघका
महासचिवहरु
(ञ) विश्वमा शान्ति सुरक्षा
कायम गर्न संयुक्त राष्ट्र संघको भूमिका
(ट) खर्चको
ब्यवस्थापन
(ठ) फाईदा
(ड) संयुक्त
राष्ट्र संघमा रहेका समस्या तथा कमजोरीहरू
(ढ) प्रभावकारिताको लागि
सुझावहरू
(ण) संक्षेप
४.
पहिलो विश्वयुद्ध पछि विश्व शान्तिका
लागि १० जनवरी १९२० मा स्वीजरल्याण्डको जेनेभामा “लिग अफ नेशन्स” नामक
अन्तर्राष्ट्रिय संस्था स्थापना भएको थियो ।
उक्त संस्थाको उद्देश्य पूर्णरुपमा कार्यान्वय हुन नसकी पुनः दोस्रो विश्वयुद्ध
उब्जन गई उक्त संस्था असफल भएको थियो ।
६. अप्रिल र जुन १९४५ मा आयोजित सम्मेलनहरुको निर्णयहरुलाई कार्यान्वयनमा ल्याउन ५१ मुलुकका प्रतिनिधिहरुले बडापत्रमा २६ जुनमा १९४५ मा हस्ताक्षर गरेका थिए । २४ अक्टोबर १९४५ मा औपचारिक रुपमा कार्यान्वयनमा ल्याएको उक्त दिनलाई स्थापना दिवसको रुपमा संयुक्त राष्ट्र संघ दिवस मनाउन थालिएको पाइन्छ । हाल यस संघमा १९३ राष्ट्रहरू सदस्यका रुपमा संलग्न रहेका पाइएको छ । यसको मुख्य कार्यालय अमेरिका न्योर्क शहरमा रहेको छ ।
७. यसको प्रमुख उद्देश्य विश्व समुदायमा
शान्ति र सुरक्षा कायम राख्ने, जनताको
समान अधिकार र आत्मनिर्णय सिद्धान्तको सम्मानका आधारमा राष्ट्रहरूबीच मैत्रीपूर्ण
सम्बन्धको विकास गर्ने, आर्थिक, सामाजिक, सांस्कृतिक
वा विश्व कल्याणकारी प्रकृतिका अन्तर्राष्ट्रिय समस्याहरूको समाधान गर्न तथा जाति, लिङ्ग, भाषा वा
धर्म सम्बन्धी भेदभाव नराखी सबैका लागि मानव अधिकार एवं मौलिक स्वतन्त्रताप्रतिको
सम्मानलाई बढावा दिन र प्रोत्साहित पार्नमा सहयोग पुर्याउनु हो । उद्देश्यहरू
प्राप्त गर्न सदस्य राष्ट्रहरूको काम कारवाहीमा सामञ्जस्यता ल्याउन संयुक्त
राष्ट्रसंघलाई केन्द्र बनाउने रहेको छ । संयुक्त
राष्ट्र संघको उद्देश्य निम्न अनसार रहेको छ ।
(क) अन्तराष्ट्रिय
शान्ति र सुरक्षा कायम राख्ने।
(ख) जनताको
समान अधिकार र आत्मनिर्णयको सिद्धान्तको सम्मानको आधारमा राष्ट्रहरूबीच
मैत्रीपूर्ण सम्बन्धको विकास गर्ने।
(ग) आर्थिक, सामाजिक, सांस्कृतिक
वा विश्वकल्याणकारी प्रकृतिका अन्तराष्ट्रिय समस्याहरूको समाधान गर्नमा तथा जाति, लिङ्ग, भाषा वा
धर्मसम्बन्धी भेदभाव नराखी सबैका लागि मानव अधिकारहरू एवं मौलिक
स्वतन्त्रताहरूप्रतिको सम्मानलाई बढावा दिनमा र प्रोत्साहित पार्नमा सहयोग प्राप्त
गर्ने।
(घ) यी
उद्देश्यहरू प्राप्त गर्न सदस्य राष्ट्रहरूको काम कार्यबाहीमा सामञ्जस्यता ल्याउन
संयुक्त राष्ट्रसंघलाई केन्द्र बनाउने।
आधारभूत सिद्धान्त
८. संयुक्त राष्ट्र संघको आधारभुत
सिद्धान्तहरु निम्न अनसार रहेको छ ।
(क) सबै
सदस्य राष्ट्रहरू सार्वभौमिक सत्तासम्पन्न र समान हुन्।
(ख) बडापत्र
अन्तर्गत आफ्ना दायित्वहरू पालन गर्न सबै प्रणबद्ध छन्।
(ग) आफ्ना
अन्तराष्ट्रिय कलहहरू शान्तिपूर्ण साधनहरूद्वारा र अन्तराष्ट्रिय शान्तिसुरक्षा
एवं न्यायनिसाफ खतरामा नपर्ने तरवले तय गर्ने प्रणबद्ध छन्।
(घ) अन्तराष्ट्रिय
सम्बन्धहरूको सन्दर्भमा कुनै पनि सदस्य राष्ट्रले अरू राष्ट्रको प्रदेश तथा
राजनीतिक स्वतन्त्रताको विरूद्ध शक्तिको प्रयोग वा धम्की दिने छैन।
(ङ) बडापत्रअनुसार
संयुक्त राष्ट्रसंघले कुनै कारबाही गरेको बखत यसलाई हरसंभव साहयता दिन र शान्तिको
संरक्षण वा पुनर्स्थापना गर्न संयुक्त राष्ट्रसंघले कुनै राष्ट्रको विरुद्ध
कारबाही गरिरहँदा त्यस राष्ट्रको सहायता नगर्न पनि सबै प्रणबद्ध छन्।
(च) जहाँसम्म
शान्ति र सुरक्षा बनाइराख्नको निमित्त आवश्यक छ सदस्य नभएका मुलुकहरूले पनि
बडापत्रका सिद्धान्त अनुरूप व्यवहार गर्ने छन् भन्ने सुनिश्चित बनाउन संघले
प्रबन्ध गर्नेछ।
मुख्य अंगहरु
९. संयुक्त राष्ट्र संघले आफ्नो काम
कार्वाही प्रभावकारी रुपमा संचालन तथा कार्यावयन गर्नका लागि ६ वटा मुख्य अंगहरुमा
विभाजन गरेका छन् । प्रत्येक अंगहरुको काम कार्वाही तथा जिम्मेवारी छुटाछुट्टै
रहेको छ । अन्तर्राष्ट्रिय शान्ति सुरक्षा कायम गर्न क्रियाशील अंगहरुमा महासभा र
सुरक्षा परिषद् नै रहेका छन् । महासभा संयुक्त राष्ट्र संघको मुख्य विचारशील सभाको
रुपमा लिइन्छ । महासभामा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने जस्ता
महत्वपूर्ण विषयहरु लगायत सुरक्षा परिषद्का अस्थायी सदस्यको निर्वाचन, आर्थिक सामाजिक परिषद्का
सदस्यको निर्वाचन, नयाँ राष्ट्रहरुलाई सदस्यता दिने विषयहरु आदि निर्णय गरिन्छ
। त्यस्तै संयुक्त राष्ट्र संघको शक्तिशाली अंगको रुपमा सुरक्षा परिषद् रहेको छ ।
(क) महासभा (General
Assembly)
(ख) सुरक्षा
परिषद (Security
Council)
(ग) आर्थिक तथा सामाजिक परिषद् (Economic
and Social Council)
(घ) अन्तराष्ट्रिय
न्यायालय (International Court of Justice)
(ङ) सचिवालय(Secretariat)
(च) बिश्वस्त परिषद (Trusteeship Council)
सदस्य राष्ट्रहरु
१०. दोश्रो विश्व युद्धको समाप्ति पश्चात सन् १९४५ अक्टुब २४ मा
संयुक्त राष्ट्र संघको स्थापना भएको थियो । संयुक्त राष्ट्र संघमा शुरुमा
हस्ताक्षर गर्ने ५० राष्ट्रहरु र पछि तत्कालै हस्ताक्षर गर्ने पोल्याण्ड समेतका ५१
राष्ट्रलाई UNO का
संस्थापक राष्ट्र भनिन्छ । अन्तर्राष्ट्रिय शान्ति नै प्रमुख उद्देश्य लिएका
संयुक्त राष्ट्र संघको वडापत्रमा १९ अध्याय, १११ दफा र १० हजार शब्दहरु रहेका छन्
।
११. संयुकत राष्ट्र संघमा ५ स्थायी
र १० अस्थायी गरी १५ सदस्य रहन्छन् । १० अस्थायी सदस्य महासभाबाट दुई वर्षको लागि
निर्वाचित गरिन्छन् । सुरक्षा परिषद्को प्रमुख दायित्व अन्तर्राष्ट्रिय शान्ति र
सुरक्षा कायम गर्नु हो । सुरक्षा परिषद्सँग आफ्ना निर्णयहरू सबै सदस्य
राष्ट्रहरूलाई बाध्यकारी रूपले पालना गराउन सक्ने अधिकार रहन्छ । हालसम्म संयुक्त राष्ट्र संघको १९३ वटा राष्ट्रहरुले आफ्नो सदस्यता प्राप्त
गरेको छ । सदस्यता प्राप्त गरेका १९३ राष्ट्रहरुको नामावली लगत परिशिष्ट "क"
अनुसार खुलाईएको छ । ५ स्थायी सदस्यहरू राष्ट्रहरु निम्न अनुसार रहेको छ ।
(क) संयुक्त अधिराज्य
(ग) फ्रान्स
(घ) रसिया
(ङ) चीन
१२. नेपालले सन् १९५५ डिसेम्बर
१४ मा सदस्यता प्राप्त गरेको थियो । सार्क राष्ट्रहरु मध्येबाट सबै भन्दा पहिला संयुक्त राष्ट्र संघको सदस्याता
प्राप्त गर्ने राष्ट्र भारत र सबैभन्दा पछाडि बंगलादेश रहेको छ ।
१३. संयुक्त राष्ट्रसँगको औपचारिक कामकाजमा ६ वटा भाषाको प्रयोग गरिन्छ ।
(क) अङ्ग्रेजी
(ख) चिनियाँ
(ग) फ्रान्सेली
(घ) रुसी
(ङ) स्पेनी
(च) अरबी
संयुक्त राष्ट्र संघमा नेपाल
१४. नेपालले सन् १९५५ डिसेम्बर १४ मा सदस्यता प्राप्त गरेको थियो । संयुक्त
राष्ट्रसंघका लागि नेपालको पहिलो स्थायी प्रतिनिधि ऋषीकेश शाह हो । सबै सदस्य राष्ट्रहरूलाई
अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सुरक्षा, आर्थिक विकास र सामाजिक निष्पक्षतामा आपसी सहयोग मिलोस्
भन्ने उद्देश्य साथ संयुक्त राष्ट्र संघमा आवद्ध भएका हुन्छन् । संयुक्त राष्ट्र
संघ दिवसका अवसरमा नेपालमा पनि संयुक्त राष्ट्रसंघीय निकायहरुले विभिन्न
कार्यक्रमहरु संचालन गर्दै कार्यक्रम मनाएका
थिए ।
(क) नेपाली
सेना: नेपालले
संयुक्त राष्ट्रसंघ अन्तर्गत सर्वप्रथम शान्ति सेना पठाएको मुलुक लेवनान हो । नेपालको तर्फबाट पनि नेपाली सेना खटाएर विश्व शान्ति स्थापना कार्यमा नेपालले ठूलो योगदान दिँदै आएको छ ।
उक्त कार्यमा धेरै फौज खटाउने मुलुकहरुमा नेपाल पाँचौं स्थानमा पर्दछ । अहिले
विश्वका १४ वटा शान्ति मिसनहरुमा विश्वका १२४ देशका फौजहरु कार्यरत रहेका छन् ।
जसमा नेपालको तर्फबाट द्धन्दग्रस्त १२ वटा राष्ट्रहरुमा ५०७४ जना सुरक्षाकर्मी खट्टिई कार्यरत रहिरहेका छन् । जसमध्ये २०५ जना महिला सैनिकहरु सहभागि भई रहेका
छन् । UN को विभिन्न मिशनहरुमा गरी हालसम्म १२५७ जना
महिला सैनिकहरु सहभागि भई सकेका छन् । हालसम्म UN को विभिन्न मिशनहरुमा ६६ जना घाईते र ६५ जना सैनिक बीरगति प्राप्त गरेका
छन् (मिति २०७६ साल असार महिनासम्मको रेकर्ड अनुसार) । शान्ति सैनिकको लागि
खट्टिएको सेनालाई Blue Helmet भनिन्छ । नेपालमा
संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यका लागि खट्टि जाने फौजहरुलाई
तालिम गराउनका लागि काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाको वडा नं. ४ र ७ मा श्री
वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको स्थापना गरिएको छ ।
N |
Mission |
Country |
Total |
Military
Observer |
Staff
Officer |
Total |
Rem. |
1 |
MONUSCO |
Congo |
700 |
12 |
8 |
895 |
|
MECH. BN |
|||||||
ENG COY |
175 |
||||||
2 |
UNMISS |
South Sudan |
699 |
1 |
39 |
1745 |
|
|
|||||||
FRB |
847 |
|
|||||
HRC |
150 |
|
|||||
3 |
UNAMID |
Sudan |
9 |
9 |
|
||
4 |
MINURSO |
Western
Sahara |
|
7 |
|
7 |
|
5 |
UNISFA |
Sudan |
|
3 |
5 |
8 |
|
6 |
UNTSO |
Israel |
|
3 |
|
3 |
|
7 |
UNIFIL |
Lebanon |
850 |
|
26 |
876 |
Non MSA
Staff-8 |
8 |
MINUSMA |
Mali |
140 |
3 |
15 |
158 |
|
9 |
UNDOF |
Syria |
|
|
10 |
334 |
|
FHQ Support |
141 |
|
|||||
ENG PL |
30 |
|
|||||
Mech Inf. |
153 |
|
|||||
10 |
MINUSCA(MP) |
Central
African Republic |
120 |
4 |
12 |
136 |
|
MINUSCA(HRPB) |
600 |
|
|
600 |
|
||
11 |
UNAMI |
Iraq |
77 |
|
|
77 |
|
12 |
UNSMIL |
Libiya |
229 |
1 |
|
230 |
|
Total |
4911 |
43 |
120 |
5074 |
|
(ख) नेपाल
प्रहरी: नेपाल प्रहरीले मिति २०४८।११।२९ गते (तदनुसार १२ मार्च १९९२) मा
संयुक्त राष्ट्र संघको आव्हानमा पूर्व युगोस्लाभियामा स्थापना गरिएको अनप्रोफर
मिशनमा पहिलो पटक सहभागिता जनाएको थियो । तत्पश्चात संयुक्त राष्ट्र संघको
आव्हानमा द्वन्द्वग्रस्त विभिन्न देशहरुमा शान्ति स्थापनार्थ सहभागिता जनाउदै
आइरहेको छ । हाल हैटी, सुडान,
सोमालिया, दक्षिण सुडानमा कार्यरत
मिशनहरुमा नेपाल प्रहरीका सुरक्षाकर्मीहरु कार्यरत रहेका छन् ।
(ग) सशस्त्र
प्रहरी बल: त्यसै गरी सशस्त्र प्रहरी बलको फौज समेत संयुक्त राष्ट्र संघीय
मिशनमा सहभागिता अक्टोबर २००२ देखि सुरु भएको पाइन्छ । सशस्त्र प्रहरी बलले इराक, कोसोभो, लाइबेरिया, सियरालियोन, हैटी, सुडान, डार्फर, सोमालिया, इष्टटिमोर, साइप्रस
जस्ता विभिन्न मिशनहरुमा उल्लेखनीय योगदान पुर्याइसकेको छ ।
१५. पेशेवरिता, व्यावसायिक, मिलनसार
र अनुशासित तवरमा रहेर मिशनले दिएको जिम्मेवारी उत्कृष्ट ढङ्गबाट पूरा गरेकै
कारण संयुक्त राष्ट्रसंघ र द्वन्द्वग्रस्त मुलुकका नागरिकको पहिलो रोजाइमा नेपाली
सेना पर्दै आएको पाइएको छ । मिलनसार र अनुशासित भएकै कारण नेपाली सेना जुन ठाउँमा
खटिन्छन् त्यहाँ प्रभावकारी ढङ्गबाट कार्यसम्पादन गरेका हुन्छ भन्ने संयुक्त
राष्ट्र सङ्घको बुझाइरहेको पाइएको छ । शान्ति स्थापना कार्यमा नेपालले ठूलो योगदान
पुर्याउँदै आएको भनी राष्ट्र संघले सधैँ प्रशंसा गर्दै आएको यथार्थ नेपाली सेनाले
जानकारी गराउँदै आएको छ ।
संयुक्त राष्ट्र संघका केही प्रमुख संस्थाहरू र कार्यक्रमहरु
१७. संयुक्त राष्ट्र संघका धेरै
कार्यक्रम र एजेंसिहरूको अतिरिक्त १४ स्वतंत्र संस्थाहरूसित यसको व्यवस्था गठित
हुन्छ। स्वतंत्र संस्थाहरूमा विश्व बैंक, अन्तराष्ट्रिय
मुद्रा कोष र विश्व
स्वास्थ्य सङ्गठन शामिल छन्। यी संस्थाहरूको संयुक्त
राष्ट्र संघसित साथ सहयोग समझौता छ। संयुक्त राष्ट्र संघका आफ्ना केही प्रमुख
संस्थाहरू र कार्यक्रम छन्। यो यसप्रकार छ:
(क) अन्तरराष्ट्रिय
परमाणु उर्जा एजेंसी – विएना(भिएना)मा स्थित यो एजेंसीले
परमाणु निगरानीको काम गर्छ।
(ख) अन्तरराष्ट्रिय अपराध
आयोग – हेगमा स्थित यो आयोग पूर्व
यूगोस्लावियामा युद्द अपराधका सदिंग्ध मानिसहरूमाथि मुद्दा चलाउनका लागि बनाइएको
हो।
(ग) संयुक्त राष्ट्र बाल
कोष (यूनिसेफ) – यसले बाल-बालिकाको स्वास्थ्य, शिक्षा र
सुरक्षाको देखभाल गर्छ।
(घ) संयुक्त राष्ट्र
विकास कार्यक्रम (यूएनडीपी) – यसले गरीबी कम गर्नेने, आधारभूत
ढाँचाको विकास र प्रजातांत्रिक प्रशासनलाई प्रोत्साहित गर्ने काम गर्छ।
(ङ) संयुक्त राष्ट्र
व्यापार र विकास सम्मेलन- यो संस्था व्यापार, निवेश र
विकासका मुद्दाहरूसित संबंधित उद्देश्य लिएर काम गर्छ।
(च) संयुक्त राष्ट्र
आर्थिक एवं सामाजिक परिषद (ईकोसक)- यस
संस्थाले सामान्य सभालाई अन्तरराष्ट्रिय आर्थिक एवं सामाजिक सहयोग एवं विकास
कार्यक्रमहरूमा सहायता एवं सामाजिक समस्याहरूको माध्यमले अन्तरराष्ट्रिय शांतिलाई
प्रभावी बनाउनमा प्रयासरत छ।
(छ) संयुक्त राष्ट्र
शिक्षा, विज्ञान र सांस्कृतिक
परिषद – पेरिसमा स्थित यस संस्थाको उद्देश्य
शिक्षा, विज्ञान संस्कृति र सञ्चारका माध्यमबाट
शांति र विकासको प्रसार गर्नु हो।
(ज) संयुक्त राष्ट्र
पर्यावरण कार्यक्रम (यूएनईपी) – नैरोबीमा स्थित यस संस्थाको काम
पर्यावरण-रक्षालाई वृद्धि गराउनु हो।
(झ) संयुक्त राष्ट्र
राजदूत – यसको काम
शरणार्थीहरूको अधिकार र उनीहरूको कल्याणको देखरेख गर्नु हो। यो जीनिवामा स्थित छ।
(ञ) विश्व खाद्य कार्यक्रम – भोकको विरुद्द लडाईको निम्ति बनाइएको
यो प्रमुख संस्था हो। यसको मुख्यालय रोममा छ।
(ट) अन्तरराष्ट्रिय श्रम सङ्गठन- यसले अन्तर्राष्ट्रिय आधारमा मजदूर तथा श्रमिकहरूको हितको रक्षाको निम्ति नियम बनाउँछ।
संयुक्त राष्ट्र संघका महासचिवहरु
१८. महासचिव संयुक्त राष्ट्रसंघको सबैभन्दा प्रमुख अधिकारी
हुन्छ । यसको नियुक्ति सुरक्षा परिषदको सिफारिसमा महासभाद्वारा ५ बर्षको लागि गरिन्छ ।
महासचिव पुन: अथवा दोश्रो पटक पनि निर्वाचित हुन सक्दछ । संयुक्त राष्ट्रसंघ
अधिकारपत्रको अनुसार, महासचिवले आफ्नै रोहवारमा आफ्नो सहयोगी दक्ष, योग्य र सत्यपरायण
कर्मचारीको अन्तर्राष्ट्रिय समूह बनाउँछ । संयुक्त राष्ट्रसंघको वर्तमान महासचिव
एन्टोनियो गुटेरेस हुन् । उनी पोर्चुगलका हुन्, उनले आफ्नो पदको जिम्मेवारी १
जनवरी २०१७ देखि सम्हाल्दै आएका छन् । उनको कार्यकाल ३१ डिसेम्बर २०२२ सम्म रहने छ
। संयुक्त राष्ट्र संघ स्थापना भएदेखि हालसम्म निर्वाचन भएका महासचिवहरुको विवरण निम्न अनुसार रहेको छ ।
क्रम संख्या |
चित्र |
महासचिब |
पदमा बहाल मिति |
देश |
संयुक्त राष्ट्रिय क्षेत्रीय संघ |
पद त्याग गर्नुका कारण |
कै. |
– |
२४ अक्टोबर
१९४५ देखि |
दक्षिणी युरोप
र अन्य |
नयाँ
महासचिबको निर्वाचन सम्म पदमा बहाल |
||||
दोश्रो विश्व
युद्ध पश्चात अगस्त १९४५ मा उनलाई नयाँ संयुक्त राष्ट्र को गठन गर्नका लागि
तैयारी समितिको कार्यवाहक सचिव नियुक्त गरियो । अक्टोबर १९४५ देखि फेब्रुअरी
१९४६ सम्म वहाँले संयुक्त राष्ट्र संघको कार्यवाहक महासचिवको रुपमा कार्य
सम्भाल्नु भएको थियो । |
|||||||
१ |
२ फेब्रुअरी
१९४६ देखि |
दक्षिणी युरोप
र अन्य |
राजिनामा |
||||
ट्रेग्भी लाई
विदेश मंत्री र भुतपूर्व श्रमिक नेता थिए, वहाँले सोभियत
संघको रिक्त पदलाई भर्ने सिफारिस गर्नुभएको थियो । कोरियाई युद्ध मा संयुक्त
राष्ट्र को भागिदारी पश्चात,
सन् १९५१ मा
सोभियत संघले ट्रेग्भी लाईको पुनर्नियुक्तिमा भिटोको प्रयोग गर्यो । संयुक्त
राज्य अमेरिकाले संयुक्त राष्ट्रको महासभामा ट्रिग्वे लीको पुनर्नियुक्तिको
पक्षमा भोट हाल्यो त्यसको काराण ट्रेग्भी लाई ५ का बिरुद्ध ४५ मतले विजयी भए र
महासचिवको पदमा पुनर्नियुक्त भए । सोभियत संघको लगातार अनबनका कारण वहाँले सन्
१९५२ मा आफ्नो पदबाट राजिनामा दिए ।[३] |
|||||||
२ |
rowspan="2" |
१० अप्रिल
१९५३ देखि |
दक्षिणी युरोप
र अन्य |
हवाईजहाज
दुर्घटनामा मृत्यु उत्तरी रोडेसिया (अहिले जाम्बिया), कंगो शान्ति अभियानमा जाने क्रममा |
|||
उम्मेदवारहरुको
एउटा लामो शृंखला पछि जब कुनै पनि प्रतिनिधिको टुंगो लाग्न सकेन त्यस समयमा
संयुक्त राष्ट्र सुरक्षा परिषद द्वारा ड्याग ह्यामरसोल्डलाई विकल्पको रुपमा
महासचिब नियुक्त गरिएको थियो ,
तर पछि उनी
सन् १९५७ मा निर्विरोध महासचिबमा नियुक्त भए । सोभियत संघ वहाँकै
नेतृत्वमा कंगो समस्या निराकरण गर्ने समयमा रिसाएको थियो र वहाँलाई सुझाव दिएको
थियो कि यस समस्यालाई सुल्झाउन त्रिकोणीय उम्मेदवारको गठन गरिनुपर्छ । यसको
बिरोध पश्चिमी देशले गर्दा सोभियत संघले यस सुझावलाई मन्जुरी दिएको थियो । ड्याग
ह्यामरसोल्डको मृत्यु हवाई दुर्घटनामा भएको थियो जति बेला वहाँ कंगो मा शान्ति
अभियानमा लागि अरेका थिए ।[३] संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोन एफ क्यानेडी ले ड्याग ह्यामरसोल्ड "शताब्दि पुरुष" भनेका थिए ।[५] |
|||||||
३ |
३० नोभेम्बर
१९६१ देखि |
एसियाली |
तेश्रो
चुनावमा उम्मेदवार नहुने घोषणा |
||||
ड्याग
ह्यामरसोल्डको स्थानमा नयाँ महासचिवको नियुक्तिको लागि सबैभान्दा बढी जोर गैर
यूरोपीयन र गैर अमेरिकनलाई हटाएर विकासशिल देशहरुको प्रतिनिधि माथि थियो ।
त्यसको फलस्वरूप यु थाँट महासचिब पदमा निर्वाचित भए । यु थाँट मात्रै ड्याग
ह्यामरसोल्ड को स्थानमा नयाँ महासचिब मात्रै नभएर वहाँ महासचिब पदमा नियुक्त
हुने पहिलो एसियाली महासचिब पनि हुन् भएको थियो । पाँच बर्ष उनको कार्यकाल सकिए
पश्चात उनलाई पुन: सर्वसम्मतिमा महासचिब बनाइयो । यसै प्रकार
वहाँ सन् १९६६ मा पुन: दोश्रो
कार्यकालको लागि निर्वाचित भए ।[३] |
|||||||
४ |
१ जनवरी १९७२
देखि |
दक्षिणी युरोप
र अन्य |
चीनले तेश्रो
पटक निर्वाचनमा भाग लिंदा भिटोको प्रयोग गर्यो |
||||
कर्ट
वॉल्डहाइम महासचिव बन्नका लागि एउटा प्रभावाशाली तर बिचारशाली अभियानको सुरुवात
गर्नु भयो । तेश्रो चरणमा चाइना तथा संयुक्त अधिराज्यको प्रारम्भिक भिटो प्रयोग
गरेपनि वहाँ महासचिब बनेका थिए । सन् १९७६ मा चाइनाले वहाँको प्रतिनियुक्तिको
विरोध गरेको थियो,तर दोश्रो चरणको मत पत्रको कारण चाइना
शान्त भएको थियो । सन् १९८० मा वहाँको तेश्रो कार्यकालको चुनावमा चाइनाले पुन: भिटोको प्रयोग
गर्यो र त्यसको फलस्वरूप: वहाँ
निर्वाचित हुन सक्नुभएन ।[३] |
|||||||
५ |
१ जनवरी १९८२
देखि |
ल्याटिन
अमेरिका र क्यारिबियन |
तेश्रो कार्याकालको
लागि अस्विकार |
||||
पाँच हफ्ताको
लगातार चुनावी गतिरोध पछि तान्जानियाको सलीम अहमद सलीम को बिरुद्ध जेवियर पेरिज
डी कुईलर निर्वाचित भएका थिए । जेवियर पेरिज डी कुईलर यस पदमा निर्वाचित हुने
पहिलो अमेरिकन महादेशको निवासी थिए । वहाँ सन् १९८६ मा पुन: चुनिएका थिए ।[३] |
|||||||
६ |
१ जनवरी १९९२
देखि |
अफ्रिकन |
संयुक्त राज्य
अमेरिकाले वहाँको दोश्रो कार्यकालमा भिटोको प्रयोग गरेको थियो |
||||
"गुटनिरपेक्ष आंदोलन" मा १०२
राष्ट्रको सदस्यले अघिल्लो महासचिब अफ्रिका बाट हुनुपर्छ भने मत जाहेर गरे ।
महासभामामा बहुमतका कारण तथा चाइनाको समर्थनको फलस्वरूप गुटनिरपेक्ष आंदोलनसँग आबद्ध
रहेका सदस्य राष्ट्रले अने कुनै पनि बिपक्षी
उम्मेदवारलाई उठ्न नदिन पर्याप्त भोट थियो । सुरक्षा परिषदद्वारा गरिएको जनमत संग्रहमा पाँच वटा नाम
नखोलिएको भोट संगै बुत्रोस बुत्रोस-घाली ११ मतले बिजयी
भए । सन् १९९६ मा संयुक्त राज्य अमेरिकाले बुत्रोस बुत्रोस-घालीको
पुनर्नियुक्तिको बिरुद्ध भिटोको प्रयोग गर्यो र भन्यो कि वहाँले संयुक्त
राष्ट्रका लागि आवश्यक सुधार लागु गर्न विफल रहे ।[३] |
|||||||
७ |
१ जनवरी १९९७
देखि |
अफ्रिकन |
दुई कार्यकाल
पश्चात राजिनामा |
||||
सन् १९९६
डिसेम्बर १३ का दिन संयुक्त राष्ट्र सुरक्षा परिषदले कोफी अन्नानको नाम सिफारिश
गर्यो जसले गर्दा वहाँलाई पुर्व महासचिव डा बुत्रोस बुत्रोस-घालीलप स्थान
लिन सकोस । बुत्रोस बुत्रोस-घालीलाई
दोश्रो कार्यकालमा संयुक्त राज्य अमेरिकाको भिटोको सामना गर्नु परेको थियो । चार
दिन पश्चात महासभाको चुनावमा वहाँले आफ्नो पहिलो कार्यकाल १ जनवरी १९९७ देखि
सुभारम्भ गर्नुभयो ।[[११][१२][१३] |
|||||||
८ |
१ जनवरी २००७
देखि |
एसिया-प्रशान्त |
दुई कार्यकाल |
||||
वान कि मुन
संयुक्त राष्ट्रको आठौँ तथा वर्तमान महासचिव हुनुहुन्छ । सन् २००६ अक्टोबर १३ मा
वहाँ संयुक्त राष्ट्र महासभाद्वारा आठौँ महासचिव चुनिएका थिए । वहाँको
कार्यकालको एक अवधि सकिए पश्चात वहाँ पुन: सन् २०११ मा आगामी अवधिका लागि चुनिए । महासचिब
बन्नु भन्दा पुर्व वहाँ दक्षिण कोरियाका विदेश मामिलाका मंत्रालयमा एउटा राजनयिक
हुनुहुन्थे । वहाँ जनवरी २००४ देखि नोभेम्बर २००६ सम्म कोरिया गणराज्यका विदेश
मंत्री थिए ।[१५] |
|||||||
९ |
एन्टोनियो गुटेरेस |
१ जनवरी २०१७ – |
पश्चिम युरोप
तथा अन्य |
पदासिन |
|||
गुट्रेस सन्
१९९५ देखि २००२ सम्म पोर्चुगलका प्रधानमन्त्रीका रुपमा कार्यरत थिए भने २००५ देखि २०१५ सम्म उनी संयुक्त
राष्ट्रसंघको उच्चायुक्तका रुपमा कार्यरत रहेका थिए । |
खर्चको ब्यवस्थापन
१८. संयुक्त राष्ट्र संघले आफ्नो काम कार्वाही प्रभावकारी रुपमा संचालन
गर्नका लागि पाँच वटा मुख्य अंगहरुको स्थापना गरेका छन् । ती सबै अंगहरुले आ-आफ्नो
कार्यहरु जिम्मेवारी पाएको राष्ट्रहरुमा संचालन गर्नका लागि कार्यालयहरु स्थापना
गरी कार्यालय संचालन गरिरहेका छन् । संयुक्त राष्ट्र संघ र त्यसका विभिन्न
अंगहरुमा नियुक्त भएका कर्मचारी, शान्ति सैनिक, तलब, राशनपानी, सवारी सधान, संचार
उपकरण, अनुसन्धानको उपकरण, कार्यालय भवन लगायत अन्य भौतिक संरचना निर्माण गर्नका
लागि खर्च भएको रकमलाई के कसरी ब्यवस्थापन र खर्च गर्ने हेर्न काम महासभाले गर्ने
गर्दछन् । जसले
संयुक्त राष्ट्र संघको विविध कार्यमा खर्च भएको रकम राष्ट्रको आर्थिक क्षमता हेरी कुन
कुन राष्ट्रले बार्षिक रुपमा कति प्रतिशत रकम बुझाउनु पर्ने हो सो को निर्धारण
गरेको छ । जसको आधारमा राष्ट्रहरुले बार्षिक रकम बुझाउनु पर्ने रकम बुझाउने गर्दछन्
। अमेरिकाको भागमा संयुक्त
राष्ट्र संघको वार्षिक बजेटको २२ प्रतिशत पर्छ भने नेपालको संयुक्त राष्ट्र संघको बार्षिक
बजेटको ०.०१ प्रतिशत
पर्दछ ।
१९. संयुक्त
राष्ट्र संघको स्थापना भए पश्चात सदस्यता प्राप्त गर्ने राष्ट्रहरुलाई संघले आफ्नो
नियम कानुनमा बाधेका छन् र सदस्यता प्राप्त गर्ने राष्ट्रहरुले पनि संघको नीति
नियमको परिधि भित्र रही कार्य गर्नाले संयुक्त राष्ट्र संघ प्रभावकारी रुपमा
संचालन हुन सकेको छ । जसले गर्दा बिश्वमा निम्न अनुसारको फाईदा पुगेको देखिन्छ ।
(क) सदस्यता प्राप्त
राष्ट्रहरुलाई आफ्नो नियम कानुनमा बाधेर राखेको छ ।
(ख) बलियो
राष्ट्रले कमजोर राष्ट्रहरु माथि कब्जा गर्ने, हमला गर्ने र सार्वभौमता माथि
हस्तक्षेप गर्न पाउन सकेको छैन् ।
(ग)
विश्वमा शान्ति स्थापना भएको छ, जसले गर्दा प्रत्येक राष्ट्र र तिनका जनताहरु
भयरहित वातावरणमा बाच्न सफल भएको छ ।
(घ) प्रत्येक
राष्ट्रहरुले भयरहित वातावरणमा आर्थिक, सामाजिक, संस्कृति तथा धार्मिक विकास गर्न सफल
भएको छ ।
(ङ) परमाणु
प्रयोग माथि निगरानी गरी नियन्त्रण गर्ने भएको छ ।
(च) पृथ्वीमा बर्षेनी बढ्दै
गईरहेको जलवायु परिवर्तन रोकथाम गर्न राष्ट्रहरुलाई सजग र सर्तक रहन सचेत गराएको छ
।
(छ)
कुनै पनि राष्ट्र माथि पर्न सक्ने प्राकृति आपत विपद्तमा सहयोग पुर्याएको छ ।
(ज)
अन्यमा परेका राष्ट्रहरुलाई न्याय दिने कार्य गरेको छ ।
(झ) संयुक्त राष्ट्र संघको नियम कानुन उल्लघन गर्ने, कमजोर राष्ट्र माथि हमला गर्ने राष्ट्र बिरुद्ध कार्वाही गर्ने ।
विश्वमा शान्ति सुरक्षा कायम गर्न संयुक्त राष्ट्र संघको
भूमिका
२०. विश्वमा शान्ति सुरक्षा कायम गर्न
तथा अन्तर्राष्ट्रिय मित्रवत सम्बन्धको विकास गर्न संयुक्त राष्ट्र संघले खेलेको
भूमिका सह्रानीय छ । यस दिशामा यसले खेलेको भूमिकालाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ
।
(क) स्थापनापछिको
आफ्नो ७ दशकभन्दा लामो इतिहासमा ठुला आणविक युद्ध वा विश्व युद्धको रोकथाम गर्न
सफल भएको छ । विभिन्न द्वन्द्व, शत्रुतापूर्ण
गतिविधि तथा सानातिना युद्ध भएता पनि यसको सक्रियताले तनाव र विवादको व्यवस्थापन
भएको छ र ठुला युद्ध टरेको छ । यसको स्थापना अघि विश्वमा पहिलो र दोस्रो विश्व
युद्ध हुन गई धनजनको ठुलो क्षति भएकोमा यसको स्थापनापछि त्यस्तो युद्ध भएको छैन ।
कुनै ठाउँमा तनावपूर्ण अवस्था सृजना भएको अवस्थामा शान्ति कायम गर्न यसले खेलेको
भूमिका सह्रानीय छ ।
(ख) यसले द्वन्द्वको
व्यवस्थापन तथा शान्ति कायम गर्न योगदान दिएको छ । अहिले पनि विश्वमा शान्ति कायम
गर्न द्वन्द्वग्रस्त विभिन्न क्षेत्रमा पिस किपिङ फोर्सहरू सक्रिय छन् । अहिले
विश्वमा १२३ देशहरूले यसमा योगदान गरिरहेका छन् भने वर्तमानमा विश्वका १४ वटा पिस
किपिङ मिसन कार्यरत रहेका छन् ।
सन् १९५८ देखि नै नेपालले पनि पिस किपिङ अपरेसनमा योगदान गर्दै आएको छ । नेपाल पिस
किपिङ अपरेसनमा योगदान गर्ने विश्वमा छैटौँ र एसियामा चौथौँ ठुलो देशको रूपमा
रहेको छ । स्मरण रहोस् यसमा योगदान गर्ने अग्रणी मुलुकहरू क्रमशः इथियोपिया, भारत, पाकिस्तान, बङ्गलादेश, रुवाण्डा, नेपाल हुन् ।
(ग)
नेपालमा १० वर्षे सशस्त्र जनयुद्ध विश्राम गर्दै तत्कालीन ने.क.पा.माओवादी शान्ति
प्रक्रियामा आएपछि त्यसलाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्र संघले शान्ति
प्रक्रियाको अनुगमन गर्न अनमिनको गठन गरी नेपालमा क्रियाशील रहेको थियो । यसले
माओवादी सेनाका लडाकुहरूको प्रमाणीकरण गर्नुका साथै शान्ति कोष सचिवालय, शान्ति
तथा पुनर्निर्माण मन्त्रालय लगायत विभिन्न निकायलाई आर्थिक तथा प्राविधिक सहयोग
उपलब्ध गराइ नेपालको शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेको थियो ।
(घ) सबै किसिमको आम
विनाशकारी रासायनिक, जैविक तथा आणविक हातहतियारको निषेध गर्ने तथा निशस्त्रीकरण
सम्बन्धी थुप्रै अन्तर्राष्ट्रिय कानुनहरूको निर्माण गरी कार्यान्वयन गरेको छ ।
(ङ) विश्वमा शान्ति कायम
गर्न विश्वका विभिन्न ठाउँहरूमा शान्ति क्षेत्र (पिस
जोन) घोषणा गरेको छ ।
(च) विश्वका सबै देशहरूबिच
आपसी सहयोग, समन्वय
र सहकार्यमा कार्य गरी अन्तर्राष्ट्रिय समस्याहरूको समाधान गर्ने र समग्र विश्वको
सामाजिक आर्थिक विकास गर्न एमडिजि, एसडिजी जस्ता विकासका
एजेन्डा ल्याएको छ ।
(छ) संयुक्त राष्ट्र संघको
संरक्षणमा विभिन्न औपनिवेशिक राष्ट्रहरूले स्वतन्त्रता प्राप्त गरेका छन् । यसको
लागि जिम्मा जमानी परिषद्ले खेलेको भूमिका निकै नै सह्रानीय छ ।
(ज) तेस्रो विश्वका
देशहरूमा लोकतन्त्र, स्वाधीनता, कानुनको शासनको स्थापना, संरक्षण र प्रवर्द्धनमा
महत्त्वपूर्ण भूमिका खेलेको छ ।
(झ) मानव अधिकार, महिला सशक्तीकरण, वातावरण संरक्षण, बाल अधिकार आदिको
प्रवर्द्धनमा योगदान गरेको छ ।
संक्षेप
२३. संयुक्त राष्ट्र संघ विश्वमा शान्ति, सुरक्षा,
मानव जातिको समग्र विकास र समृद्धिको लागि क्रियाशील एक अन्तर्राष्ट्रिय संस्था हो
। प्रत्येक राष्ट्रहरुले राष्ट्र संघको नियम कानुनलाई अक्षरस पालना गरेको खण्डमा
मात्र मानव जातीको अस्तित्व र पृथ्वी रहन सक्छ, नत्र अब हुने बिश्व युद्धले मानव
जातीको साथसाथै सम्पूर्ण भौतिक संरचना, जंगली जनावर, पशुपंक्षी बिनाश भएर जान
दुईमत हुने छैन् । तसर्थ आफु बाचौं र अरुलाई पनि बाच्न देउ भनी सिद्धान्तलाई आत्मसाथ
गरी राष्ट्र संघको नियम कानुनको परीधि भित्र रही कार्य गर्नु सबै राष्ट्रको लागि भलो
हुनेछ ।
सन्दर्भ
सामाग्रीहरु:
१.
https://ne.wikipedia.org/wiki/संयुक्त_राष्ट्र_संघ
३.
https://www.nepalarmy.mil.np/page/na_in_un
४.
https://www.prasashan.com/2018/09/11/81627/
No comments
If you have any doubts ? Please, send me your questions.